मंसिर १९ गते विभिन्न अनलाइनमा एकाएक एउटा समाचार बाहिरियो । उक्त समाचारले न्यायालयमा न्यायपरिषद्बाटै थप चलखेल र भ्रष्टाचार बढ्न थालेको दृष्टान्त प्रस्तुत भएको छ । न्यायपरिषद सदस्यबाट बुधबार राजिनामा दिएका पदमप्रसाद वैदिकलाई सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गर्ने प्रस्तावमा न्याय परिषद् बैठकमा सहमति जुटेन भनिएको छ । बिहीबार बसेको बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले वैदिकलाई न्यायाधीश सिफारिस गर्ने प्रस्ताव गरेका थिए । तर कानूनमन्त्री उपेन्द्र यादव र सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले विरोध गरेका छन् ।
सर्वोच्चको न्यायाधीश बन्ने सेटिङ मिलाएर नै वैदिकले न्याय परिषद् सदस्यबाट राजीनामा दिएका थिए । यसअघि बार एशोसिएसनबाट न्याय परिषद् सदस्य बनेका उपेन्द्रकेशरी न्यौपानेले पनि सर्वोच्चको न्यायाधीश बन्न राजीनामा दिएका थिए । तर उनी सर्वोच्चको न्यायाधीश बन्नबाट रोकिएका थिए ।
न्यायालयमा यसरी स्वयम् न्यायाधीश नियुक्त गर्ने व्यक्ति नै न्यायाधीश बन्न खोज्नुले न्यायालयको स्वतान्त्रतामाथि हस्तक्षेप भएको भनेर आलोचना सुरु भएको छ । नेपाल बार एशोसियशनले पनि यसको विरोध गर्दै विज्ञप्ति निकालेको छ ।
नेपाल बार एशोसियशनले जारी गरेको विज्ञप्ति
केही अधिवक्ता तथा कानुनका विद्यार्थीले समेत न्यायापरिष्दको सदस्य स्वयम् न्यायाधीश बन्ने चलखेलको आलोचना गरेका छन् ।
© 2018 lexnepal.com. All Rights Reserved || Developed by: Namuna Computer