थाईल्यान्डमा एक न्यायाधीशले देशको न्यायिक प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै अदालतभित्र आफैँलाई गोली हानेका छन्।शुक्रवार एउटा मुद्दाको निर्णय सुनाउँदै न्यायाधीश कनिकन फिएन्चनाले पाँच मुस्लिम पुरुषहरूलाई सफाइ दिएका थिए।न्यायपालिका निष्पक्ष हुनुपर्ने भन्दै न्यायिक शपथ वाचन गरेका ती न्यायाधीशले अकस्मात् पेस्तोल निकालेर आफ्नो छातीमा गोली हानेका थिए।उनी अहिले एउटा अस्पतालमा छन ।
आफ्नो निर्णय सुनाउनुअघि लेखिएको भन्ठानिएको एउटा विज्ञप्तिले ती न्यायाधीशले आत्महत्या गर्न खोज्नुको कारण उक्त मुद्दामा बाह्य हस्तक्षेप भएको हुन सक्ने सङ्केत पाइएको छ।
गोली हान्नुअघि उनले नै फेसबुकमा”यदि म पदको निष्ठा राख्न सक्दिनँ भने सम्मानहीन भएर बाँच्नुभन्दा बरु मृत्यवरण गर्छु” भन्ने स्ट्याटस लेखेको पाइयो ।
नेपालको न्यायलयमा पनि बाह्य हस्तक्षेप निकै नै भएको पाईन्छ ।यस्तो घटना नेपालको न्यायलयमा नहोला भन्न सकिन्न। यसकारण यस घटनालाई हरेर नेपालमा हरेक कोहीले पाठ सिक्न आवश्यक छ ।
स्रोत: BBC
© 2018 lexnepal.com. All Rights Reserved || Developed by: Namuna Computer