LEGAL NEWS WEBSITE FROM NEPAL

अदालतबाट टुङ्गियो एल.एल.बि. भर्ना, ल क्याम्पसमा अट्ने संख्यामा विद्यार्थी लिनु

२०७६ जेठ ६ गते १२:५९ Lexnepal


नेपाल ल क्याम्पसको भर्नाका सम्बन्धमा परेको विवाद अदालत समक्ष पुगेको थियो । ल क्याम्पसको क्षमताभन्दा बढी विद्यार्थी पढाउने गरी खुलेको यो वर्षको भर्नामा अब सीमित विद्यार्थीले मात्र पढ्न पाउने भएका छन् ।

गत वर्ष मात्र त्रिवि परिषद्ले तोकेको ५०० वटा सिटमा पछि विद्यार्थी संगठनको दवावका कारण ८०० बनाइएयो तर त्यत्तिमा मात्र विवाद नटुङ्गिएपछि विद्यार्थी संगठनको दवावका कारण प्रवेश परीक्षा बिनै सबैलाई भर्ना लिने निर्णय भएपछि करिब ११,००० विद्यार्थी भर्ना भएका थिए । जुन ल क्याम्पसको क्षमताभन्दा २५ औँ गुणा बढी विद्यार्थी संख्या हो । नेपाल ल क्याम्पसको क्षमता भनेको ४००–५०० विद्यार्थी पढाउन सक्ने हो । तर गत वर्ष मनग्गे संख्यामा विद्यार्थी भर्ना निकै विवादित बनेको थियो ।

यो वर्ष पनि एल.एल.बि. भर्नामा प्रवेश परीक्षामा ४० प्रतिशत भन्दा बढी अंक ल्याउनेलाई मात्र भर्ना लिने व्यवस्था सहित फारम खुलेकोमा उक्त व्यवस्थाका विरुद्ध अधिवक्ता यज्ञमणि न्यौपानेको रिट निवेदन सर्वोच्चमा दायर भएको थियो । सो मुद्यामा आएको निर्णयानुसार अब उप्रान्त नेपाल ल क्याम्पसको क्षमता अनुसार मात्रै भर्ना लिने गरी प्रवेश परीक्षा लिनु भन्ने आदेश संयुक्त इजलाशका न्यायाधीशद्वय माननीय न्यायाधीश श्री प्रकाशमान सिंह रावत तथा माननीय न्यायाधीश श्री हरि फुँयालबाट भएको छ ।

हेर्नुहोस् पूर्णपाठ