नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व प्रगतिशील, पेशागत तथा समावेशी समूह (एनएलए)का उम्मेदवार चण्डेश्वर श्रेष्ठको हातमा आएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन बृहत् लोकतान्त्रिक समूह (डिएलए)का सुनील कुमार पोखरेललाई एक सय ४९ मतले पछि पार्दै उनी बारको २५औं अध्यक्ष बन्न सफल भएका छन् भने महासचिवमा डिएलएका लिलामणी पौडेल विजयी भएका छन् । २५ जनाको केन्द्रीय कार्यसमितिमा एनएलएबाट अध्यक्ष सहित २२ र डिएलएबाट महासचिव सहित ३ जनाले जित हात पारेका छन्।
© 2018 lexnepal.com. All Rights Reserved || Developed by: Namuna Computer