LEGAL NEWS WEBSITE FROM NEPAL

अदालतको भीष्मपितामह : मीनबहादुर थापा

२०७५ माघ ७ गते १२:३४ Lexnepal

२०२६ साल असार १ गतेदेखि पशुपतिप्रसाद कोइरालाको उमेरको हदले विशेष जाहेरी विभागको मुख्य पदाधिकारीबाट अवकाश भयो । रिक्त पदमा न्यायाधीश मीन बहादुर थापा मुख्य अधिकारीमा काजमा आउनुभयो ।

विशेष जाहेरी विभागमा न्यायाधीश मीनबहादुर थापा मुख्य पदाधीकारी हाकिम भएपछि अरु चारपासेहरुको दाँजोमा हेरिएपनि राम्रो न्याय गर्ने भनी उहाँको प्रशंसा चारैतिर फैलिएको थियो । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले न्यायदूतमा “न्यायदिँदा” शीर्षक लेखमा पशुपतिप्रसादकहाँ मुद्या पेसी भएर इजलाशमा जाँदा वकिलको कुरै नसुनी फैसला वा आदेश लेखेर छोड्ने कुरा लेखिएको थियो । तर मीनबहादुरलाई भने पुरानो भएपनि कुरा बुझ्ने भन्दथे । उहाँ पुराना कुराका ज्ञाता भएपनि नयाँ कुरापनि जान्न चाहने स्वभावको हुनुहुन्थ्यो । उमेरको हदबाट अवकाश भएपछिको बिदाई समारोहमा सर्वोच्च अदालतका न्यायाधीशहरुले अदालतको भीष्मपितामह भनी उहाँको प्रंशसा गरेका थिए । पछि उहाँ न्यायिक समितिमा सदस्य रहनुभयो ।

रेवतीरमण खनाल, अनुभूति र अभिव्यक्ति, पृ. १३१–१३२