LEGAL NEWS WEBSITE FROM NEPAL

प्रशासनका लागि करारमा कर्मचारी भर्ना विधेयक पारित

२०७५ मंसिर १० गते १४:४७ Lexnepal

प्रदेश २ को प्रदेशसभा बैठकले सोमबार ‘सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना विधेयक’ बहुमतले पारित गरेको छ ।

विधेयकले प्रदेश २ सरकारलाई करारमा कर्मचारी नियुक्त गर्न बाटो खुलेको छ । संघीय सरकारले कर्मचारी नपठाउँदा प्रशासन सञ्चालन ठप्प भएको भन्दै प्रदेश सरकारले करारमा कर्मचारी भर्ना गर्न असोज ५ गते प्रदेशसभामा विधेयक दर्ता गराएको थियो ।

 

 

 

 

 

प्रदेश सरकारसँग अहिले २ सय ५० कर्मचारी छन् । सरकारलाई २ हजारभन्दा बढी कर्मचारी आवश्यक छ । ‘प्रदेश २ मा जुन कर्मचारी आउन चाहन्छ, उसलाई सरुवा गरिँदैन,’ मुख्यमन्त्री राउतले भने, ‘रिटायर हुन लागेकालाई पठाइएको छ, कुन बेला कसको सरुवा हुन्छ केही थाहा हुन्न । संघीय सरकारले प्रदेशलाई कार्यालयजस्तो ठानेको छ ।’

 

नेकपाले संविधानको धारा ९७ मा हुँदै नभएको अधिकार प्रयोग गरिएको र कर्मचारी भर्ना छनोट समितिको अध्यक्षमा सरकारको प्रमुख सचिवलाई हटाएर मुख्य न्यायाधिवक्तालाई राखिएकोमा विरोध जनाएको छ । मुख्यमन्त्री राउतले संविधानको धारा १९७ हुनुपर्नेमा प्रिन्ट मिस्टेक भएको भन्दै ढाँटेको नेकपाको आरोप छ ।

प्रदेश २ को प्रदेशसभा बैठकले सोमबार ‘सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना विधेयक’ बहुमतले पारित गरेको छ ।

(यो सामग्री कान्तिपुर दैनिकको अनलाइन संस्करणमा प्रकाशित समाचारको सहायतामा तयार पारिएको हो ।)