LEGAL NEWS WEBSITE FROM NEPAL

युवराज संग्रौलाको ‘विधिशास्त्र’को नेपाली संस्करण

२०७५ असोज २६ गते २०:०८ Lexnepal

पुस्तकबाट…
विदेशी विद्वानहरुले लेखेका पुस्तकमा आधारित पठपाठनले देशलाई आवश्यक जनशक्ति उत्पादन गर्न असफल रहेको छ । यसका केही कारणहरु छन् । प्रथमतः नेपालको कानुन प्रणालीको ठूलो अँश वा हिस्सा मौलिक छ । नेपाली कानुन प्रणालीका कतिपय धारणा र सिद्धान्तहरु विदेशी कानुन प्रणालीसँगै मिल्दैनन् र कतिपय विदेशी कानुन प्रणालीका मान्यताहरु नेपालमा लागु हुन सक्तैनन् । नेपाली कानुन प्रणालीले ऐतिहासिक विकासको क्रममा केही सारभूत एवम् मौलिक अवधारणाहरु र सिद्धान्तहरु विकासको गरेको छ । तर कानुनशास्त्रजस्तो कानुन अध्ययनको आधारभूत विज्ञानको अध्ययन हाम्रा क्याम्पसहरुमा बेवास्ताको विषय बनेको छ । विदेशी कानुनशास्त्रको जबर्जस्ती पठनपाठनले विद्यार्थीलाई यस विषयप्रति निरुत्साही बनाएको छ । हामीले आफ्नै मौलिक कानुनशास्त्रका बारेमा खोज अनुसन्धान गर्दै त्यसलाई विकास गर्नुपर्ने दायित्व आइ सकेको छ ।