LEGAL NEWS WEBSITE FROM NEPAL

गोपाल शर्माको ‘संक्षिप्त अन्तरराष्ट्रिय कानुन’

२०७५ असोज २६ गते १९:४८ Lexnepal

पुस्तकबाट…
अन्तरराष्ट्रिय कानुनको उत्पत्तिको समय कानुनी साहित्यमा विवादास्पद विषयका रुपमा रहेको छ । आधुनिक अन्तरराष्ट्रिय कानुनलाई ईशाई सभ्यताको देन मान्ने सबै पाश्चात्य विद्वानहरुका अनुसार अन्तरराष्ट्रिय कानुनको उत्पत्ति युरोपमा मध्ययुगको उत्तरार्धमा भएको हो । तर यदि एकभन्दा बढी राष्ट्रहरुको पारस्परिक सम्बन्धलाई सञ्चालित गर्ने कानुनलाई अन्तरराष्ट्रिय कानुन मान्ने हो भने अन्तरराष्ट्रिय कानुनका नियमहरु ईशाई सभ्याताको उत्पत्तिभन्दा धेरै पहिलेका कालहरुमा पनि पाइन्छन् । यद्यपी आधुनिक अन्तरराष्ट्रिय कानुनका असंख्य नियमहरु प्राचीन कालमा विद्यमान थिएनन्, तथापि आधुनिक अन्तरराष्ट्रिय कानुनको विकासमा हिन्दु, मुस्लिम, यहुदी, यूनानी तथा रोमनहरुको उल्लेखनीय योगदान रहेको पाइन्छ ।