LEGAL NEWS WEBSITE FROM NEPAL

प्रकाश वस्तीको ‘कानुनसम्बन्धी ऐतिहासिक अभिलेखहरु’

२०७५ असोज २६ गते १९:३४ Lexnepal

पुस्तकबाट…

इतिहासमा प्रमाण र प्रमेयको महत्वपूर्ण स्थान हुन्छ । सत्य त्यही हुन्छ जो प्रमाणले देखाउँछ, वास्तविकता त्यही हुन्छ जो प्रमेयले बताउँछ । कसैलाई मन पर्नु र नपर्नुसँग यसको कुनै तारतम्य हुँदैन । कुनैपनि कुराको परिचय हो इतिहास । देश रहेसम्म इतिहास रहिरहन्छ । ऐतिहासिक दस्तावेज लुप्त हुने प्रसँगमा उल्लेख नगरी नहुने विषय हो – १९९७ साल असार १२ गतेको सनद । त्यो अति नै महत्वपूर्ण ऐतिहासिक लिखत सनद, जसले न्यायपालिका र कार्यपालिकालाई भिन्न गरी शक्ति पृथकीकरणको सिद्धान्तलाई नेपालमा पनि प्रवेश गराएको थियो, सिँहदरबार आगलागी हुँदा जलेर खरानी भयो ।