LEGAL NEWS WEBSITE FROM NEPAL

संविधानविद् भीमार्जुन आचार्यको ‘कानुन र राजनीति’

२०७५ असोज २६ गते १९:१८ Lexnepal

पुस्तकको केही अँश…
लेखकका सबै लेख रचना तथा अभिव्यक्तिहरु मूलतः ३ चिजप्रति समर्पित छन् ः राष्ट्र–राष्ट्रियता, विधिको शासन र लोकतन्त्र । कुनै अमुक दल विशेषका विचारधारासँग लेखकको कुनै सरोकार छैन । यसर्थ, लेख रचनाहरुको उद्देश्य कुनै खास राजनीतिक विचारधाराको प्रवद्र्धन वा विरोध गर्नु नभई घटना वा विषयवस्तुको गुण र दोषको आधारमा त्यसको चिरफार र विश्लेषण गर्नु हो । राज्यद्वारा प्रद्धत सुविधा तथा अधिकारहरुको वितरणमा समेत दलीय प्रभाव रहने परिपाटी भएको देशमा दलीय संलग्नता र स्वार्थभन्दा माथि रही कुनै कार्य गर्न खोज्नु आफैमा कष्टप्रद कुरा हो । तथापी, स्वाधिन र स्वतन्त्र जिन्दगी जिउन चाहनेहरुका लागि जोखिमपूर्ण नै भए पनि त्यस्तो बाटोको अनुशरण गर्नुको अर्को विकल्प रहँदैन ।