शनिबार होटल र्याडिसनमा आयोजित एक कार्यक्रममा लेखक कार्की, डा. गोविन्द केसी, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, कार्कीका श्रीमान् ‘विमान विद्रोह’का लेखक दुर्गा सुवेदी, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले उक्त पुस्तक विमोचन गरेका हुन्।
पुस्तकमा आफूले भोगेको महाअभियोगको प्रस्ताव, विभिन्न मुद्दामा आफूले सम्पादन गरेको न्याय र व्यक्तिगत भोगाइलाई समेटिएको कार्कीले बताइन्।
पुस्तकमा लोकमानसिंह कार्कीको मुद्दादेखि ‘फास्ट ट्रयाक’ घोटालासम्मका १० वटा महत्त्वपूर्ण मुद्दाको फैसलाको सार पनि पुस्तकमा समेटिएको उनले जानकारी दिइन्।
लेखक कार्कीले आफूले प्रथम महिला न्यायाधीश हुँदा देखेका, भोगेका र अनुभूत गरेका सबै कुरा इमान्दारीसाथ पुस्तकमा उल्लेख गरेको दाबीसमेत गरिन्।
पुस्तकमाथि डा. केसी, माथेमा र डा. भण्डारीले टिप्पणी गरेका थिए। उनीहरूले नेपालको न्यायपालिकाको सुधारका लागि र नेपालको न्यायपालिकाबारे समग्रमा बुझ्नका लागि पुस्तक उपयोगी हुने बताए।
बुक हिलले प्रकाशन गरेको पुस्तकमा ३९२ पृष्ठ छन्। यसको पातलो गाताको मूल्य ६५० र हार्ड कभरको मूल्य ९०० रुपैयाँ रहेको छ।
© 2018 lexnepal.com. All Rights Reserved || Developed by: Namuna Computer